शंखमूल ओरालोमा टेम्पो दुर्घटना हुँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर 

काठमाडौँ । काठमाडौँको शंखमूलमा टेम्पो दुर्घटना हुँदा एक बालकसहित तीनजना घाइते भएका छन्।

चाबहिल–शंखमूल रुटमा चल्ने बा.१ ह ३८७७ नम्बरको टेम्पो शंखमूलको ओरालोमा दुर्घटना भएको हो।

दुर्घटनाका घाइतेलाई नजिकैको सिभिल अस्पताल लगिएको छ। स्थानीयका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।