आधुनिक नेपालको शासकीय स्वरूपको जग नै क्रान्ति हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आधुनिक नेपालको शासकीय स्वरूपको जग नै विभिन्न चरणका संघर्ष र क्रान्तिको श्रृंखला भएको बताए ।

७४औं प्रजातन्त्र दिवसको अवसरमा  सैनिक मञ्च टुँडिखेलमा  आयोजना गरिएको विषेश समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सोही क्रममा प्रधानमन्त्री प्रचण्ले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान पनि गरे । उनले संविधानको प्रस्तावनामा समाजवाद उन्मुख राज्य निर्माणको संकल्प गरिएकाले प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निमित्त अगाडि बढ्ने ढोका खुला रहेको बताए ।

देशमा हुकुमी जहानियाँ शासनको अन्त्य भइ जनतामा अधिकार रुपान्तरण भएको दिनको सम्झनामा आज देशैभर विभिन्न कार्यक्रम आयोजना गरि प्रजातन्त्र दिवस मनाइँदै छ ।