कांग्रेस महासमिति बैठक ललितपुरको गोदावरीमा सुरु

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक सुरू भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक सुरू भएको हो ।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने मूल नाराका साथ महासमिति बैठक सुरू भएको हो । बैठक फागुन १० गतेसम्म चल्नेछ ।