'वर्तमान सत्ता समीकरण धेरै समय रहँदैन' : महामन्त्री शर्मा

काठमाण्डौँ - नेपाली कांग्रेसका महामन्त्री एवं सांसद् विश्वप्रकाश शर्माले वर्तमान सत्ता समीकरण धेरै समय नटिक्ने बताएका छन् । आइतबार सुर्खेतमा रहेको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सरकारका रहेका दलहरुबीच असन्तुष्टि बढेकाले यो गठबन्धनको आयु धेरै लामो नरहेको बताएका हुन् ।

साथै, उनले आगामी राष्ट्रपतिको निर्वाचनमा पनि नेपाली कांग्रेसको उम्मेदवार विजयी हुने ठोकुवा गरेका छन् । उनले नेपाललाई बुझ्नका लागि कर्णालीलाई बुझ्न सक्नुपर्ने बताए । कर्णाली समृद्ध र विकास नभई नेपालको विकास हुन नसक्ने उनले बताए ।