राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणमा बजेटको कमी हुन दिदैनौँ : मन्त्री बस्नेत

काठमडा्रैँ । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणमा बजेटको कमी हुन नदिने दाबी गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले यस्तो बताएका हुन् । सिँचाइ आयोजनाहरू लामो समयदेखि निर्माणाधीन रहेको भन्दै उक्त आयोजनाहरूलाई बजेट अभाव नदिने बताए ।

मन्त्री बस्नेतले आयोजना निर्माणमा केही ढिलाइ भएकाले समय तोकेरै सम्पन्न गर्नेगरी काम अघि बढेको बताए । उनले सुक्खायाममा विद्युतको आयात घटाउन उत्पादन बढाउनुपर्ने र जलाशययुक्त आयोजनाहरूमा ध्यान दिनुपर्ने बताए ।