दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलको एजेन्डा !

काठमाडौँ । आज शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ ।

बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको हालसम्मको भौतिक–वित्तीय प्रगति, समस्या र चुनौती, समस्याका कारण र भावी कार्ययोजना बारे छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा समितिगत विषयमा छलफल हुने जनाइएको छ ।