राप्रपाको ‘बृहत् आन्दोलन मूल समिति’को सदस्य सचिवको जिम्मा ज्ञानेन्द्र शाहीलाई 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सञ्चालन गर्न लागेको बृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा ज्ञानेन्द्रबहादुर शाही मनोनित भएका छन् । 

बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिएका हुन् । 

राप्रपाले फागुनदेखि आन्दोलन गर्ने तयारी गरेको छ ।