स्वदेशी वस्तु खरिदका लागि आवश्यक वातावरण सरकारले बनाउँछ : डा. अर्याल

काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सरकारी एवं सार्वजनिक संस्थानहरुलाई स्वदेशी वस्तु खरिदका लागि आवश्यक वातावरण सरकारले बनाउने बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगी सदस्यहरुको समस्या एवं समाधानका विषयमा छलफल कार्यक्रममा उनले यस्तो बताएको हुन्।

अर्यालले निजी क्षेत्रलाई समेत स्वदेशी वस्तुहरु खरिद गर्न आग्रह गरे। मेक इन नेपाल स्वदेशी अभियानलाई सरकारले सुरुवातदेखि नै स्वामित्व लिएको बताए।

उनले स्वदेशी उद्योगहरुको प्रबर्द्धन गर्न परिसंघले उठाइरहेको जग्गाको हदबन्दी, कानुन संशोधनलगायतका विषयलाई प्राथमिकतामा राखेको बताए।

कार्यक्रममा मेक इन नेपाल स्वदेशी अभियानले हालसम्म गरेका विभिन्न कार्यहरुका विषयमा जानकारी र स्वदेशी मिट एण्ड ग्रीटमा स्वदेशी उद्योगहरुको प्रबद्र्धनका लागि लिइनुपर्ने नीतिगत विषयहरुमा छलफल गरिएको थियो।