एकीकृत समाजवादी केन्द्रीय परिषद्मा सहभागी हुने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आसन्न दोस्रो केन्द्रीय परिषद्को बैठकमा सहभागी हुने भएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै महासचिव घनश्याम भुसालले  यही माघ १४ र १५ गते हुने परिषद् बैठकमा सहभागी हुने नेताहरूका लागि पालना गर्नुपर्ने विषयका बारेमा दुई बुँदे सूचना जारी गरेका हुन् ।

केन्द्रीय परिषद् बैठकमा सहभागी हुन आउने सबै नेताहरूले पार्टी सदस्यता अनिवार्य नवीकरण गरेको हुनुपर्ने जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै परिषद् बैठकमा सहभागिताका लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, लगायतका कमिटीमा रहेका नेताहरूले समयमै आफ्नो कार्यक्षेत्रका केन्द्रीय परिषद् सदस्यहरूलाई बैठकबारे जानकारी गराउनुपर्नेछ ।

परिषद् बैठकमा विधान संशोधन मस्यौदाबारे छलफल हुनेछ ।  जिल्ला तहका कार्यकर्ताको सुझाव समेत समेटेर एकीकृत मस्यौदा परिषदमा पेस गरिनेछ । केन्द्रीय परिषद् बैठकले पारित गरेको विधान मस्यौदा आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गर्नेछ ।