दिल्लीमा आगलागीबाट ६ जनाको मृत्यु    

एजेन्सी । भारत दिल्लीको उत्तर–पश्चिम पीतमपुरा जिल्लामा आगलागी बाट ६ जनाको ज्यान गएको छ । बिहीबार राती चार तल्ला भवनमा आगो लाग्दा ६ जनाको जलेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

भीषण आगो लागेका कारण घरभित्र रहेका मानिसलाई बाहिर निकाल्न नसकेका कारण मानवीय क्षति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । ७ जनाको जलेको अवस्थामा उद्धार गरिएको छ, उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको कारण मृत्यु हुनेको संख्या बढ्ने सक्ने बताइएको छ ।

८ बटा दमकलको सहयताले आगो नियन्त्रणमा लिइएको थियो । मृत्यु हुनेमा ४ महिला र २ पुरुष रहेका छन् । बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले गरेको छ ।