एजेन्सी । भारतको गुजरातमा रहेको हर्नी तालमा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ ।
गुजरातको बदोदरामा रहेको हर्नी तालमा भएको दूर्घटनामा १४ जना विद्यार्थी र दुई शिक्षकको ज्यान गएको हो । पाँच जना बालबालिकालाई भने जिवितै उद्धार गरिएको छ ।
विद्यालयबाट पिकनिक गएको समुह डुंगा दुर्घटनामा परेको हो । क्षमताभन्दा बढी यात्रु बोकेको तथा याुत्रहरुलाई लाइफ ज्याकेट समेत नदिएका कारण घटनामा धेरैले ज्यान गुमाएको भारतीय संचार माध्यमले जनाएका छन् ।
भारत सरकारले घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका परिवारलाई क्षतिपुर्ति दिने घोषणा गरेको छ ।