गाजाको शिविरमा इजरायली हमलाबाट ९० जनाको मृत्यु

 काठमाण्डौँ - इजरायलले गाजापट्टीको जबलिया शरणार्थी शिविरमा गरेको हवाइ हमलामा परेर ९० जनाको मृत्यु भएको छ । हमलामा सयभन्दा बढी घाइते भएका छन् । जबलिया शहरको अल बार्श र अलवान परिवार रहने गरेको सो शिविरमा गरिएको हमलामा मारिनेमा महिला र बालबालिकाको संख्या अत्यधिक छ ।

घटनामा दर्जनौ बेपत्ता भएको प्यालेष्टेनी समाचार एजेन्सी वाफाले जनाएको छ । हमलापछि भग्नावशेषमा परिणत भएको उक्त शिविरमा केही फसेको आशंका गरिएपनि उद्धार कार्यमा कठिनाइ भएको वाफाले जनाएको छ ।