बंगालको खाडीमा चक्रवात, नेपालका तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ - अहिले देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने कोशी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘मिडहिली’ को आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्रमा साताभरि उल्लेखनीय परिवर्तन नहुने तथा हालको अवस्थाभन्दा १ देखि १.५ डिग्रीले घट्ने सम्भावना रहेको छ ।

भोलि पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।