कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
थापाले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन् । उनले भदौ ३ गते विश्वासको मत लिने प्रश्ताव पेश गरेका थिए

तर उपसभामुख सिर्जना दनुवारले ४ गते विश्वासको मत लिने समय तोकि दिएकी हुन् । थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।