कांग्रेस रुपान्तरण अभियानले बुझायो २१ बुँदे प्रतिवेदन 

काठमाडौँ - नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रतिवेदन बुझाएको छ ।

अभियानले पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको हो ।

जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको हो । अभियानले भ्रष्टाचारमा मुछिएका नेताहरूलाई निलम्बन गर्न सुझाव दिएको छ ।

‘नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायत भ्रष्टाचार काण्डमा मुछिएका पार्टीका नेता वा सदस्यहरूलाई तत्काल निलम्बन गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।