चुरोटमा प्रयोग हुने नशालु पदार्थको उत्पाद, आयात र प्रयोगमा रोक लगाउन निर्देशन

काठमाडौँ ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चुरोटमा प्रयोग हुने पदार्थहरुको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई  निर्देशन दिएको छ ।

बिहीबार  बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने  क्याप्सुल तथा ट्याप्लेटहरु जस्ता नशालु पदार्थ  आयात तथा प्रयोगमा रोक लगाउन निर्देशन दिएको हो ।

नेपालमा सुर्तिजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्युनिकरण गर्न बैठकमा बोल्दै सभापति अब्दुल खानले नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने पनि बताए ।

उनले नेपालमा सुर्ती गुड्का र सो सम्बन्धी कच्चा पदार्थहरुको आयात तथा निर्यातको विवरण समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिए ।