बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा 

काठमाडौँ - प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको श्रद्धाञ्जलीका लागि बालुवाटारमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायत दाहाललाई श्रद्धाञ्जली दिन बालुवाटार पुगेका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्षकुमार माधव नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत पनि सभामा सहभागी छन्। राजनीतिक दलका अन्य नेता, मन्त्री, सांसद र सरकारी अधिकारीहरू पनि श्रद्धाञ्जली सभामा उपस्थित छन् ।

प्रचण्ड पत्नी सीताको असार २७ गते निधन भएको थियो। सातौं दिन श्रद्धाञ्जली कार्यक्रम राखिएको हो।