'अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्' : दाहाल 

 काठमाडौँ - प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पत्नी सीता दाहालले मृत्यु पनि शान्त रोजेको बताएका छन् ।

आज बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा प्रचण्डले अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजेको बताएका हुन् ।
प्रचण्डले अन्तिम अवस्थामा आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता रहेको भन्दै बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजेको बताए ।