अस्पतालको झ्यालबाट खसेर चितवनमा एक बिरामीको मृत्यु

काठमाडौँ । चितवनमा अस्पतालको झ्यालबाट खसेर एक जनाको मृत्यु भएको छ ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर नवलरासी पूर्वको हुप्सेकोट गाउँपालिका–२ का ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

पिसाब थैलीमा क्यान्सर भएकोले मगर बुधबार अस्पतालमा उपचार गर्न आएको थिए ।