भदौ १५ सम्म पूर्णता पाउनेगरि कांग्रेसमा २२ विभाग थप्ने गगनको प्रस्ताव

 काठमाण्डौँ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीमा नयाँ विभागहरू थप्ने प्रस्ताव गरेका छन् । ११ महिनापछि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै थापाले नयाँ विभागहरू थप्ने प्रस्ताव गरेका हुन् ।

कांग्रेसमा अहिले ४८ वटा विभाग छन् । उनले पावर प्वाइन्टबाट सांगठनिक प्रस्ताव पेस गर्दै अब २२ वटा विभाग थप्नुपर्ने प्रस्ताव बैठकमा गरेका हुन्।
११ महिनापछि बसेको बैठकमा थापाले आगामी भदौ १५ गतेसम्म विभागहरू बनाइसक्नुपर्ने र मसान्तभित्र कार्यसमितिमा प्रस्तुत गर्ने प्रस्ताव गरेका हुन् ।