स्वास्थ्य बिमाको नाममा राज्यले नै गरिब बिरामीसँग ठगी गरिरहेको डा. कार्कीको आरोप

काठमाडौं - सांसद डा.तोसिमा कार्कीले स्वास्थ्य बिमाको नाममा राज्यले नै गरिब बिरामीसँग ठगी गरेको आरोप लगाएकी छिन ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिरामीसँग औषधिको मूल्यमा ७५ प्रतिशतसम्म बढी शुल्क लिएको बताएको हो । डाइलाइसिस गराई रहेका बिरामीबाट अस्पतालले स्वास्थ्य बीमा अन्तर्गत खरिद गरिएको औषधिमा ७५ प्रतिशतसम्म बढी शुल्क लिएको बताइन्। आठ सय रुपैयाँ पर्ने औषधिको शुल्क केन्द्रले १४ सय ५ रुपैयाँ लिएको बिल समेत सांसद कार्कीले संसदमा पेश गरेकी छिन्। 


यो स्वास्थ्य बिमित डायलाइसिस गराइरहेका बिरामीको बिल हो। यसमा इपोफिट नामक औषधिको बिक्रि मूल्य १४०५ छ। यसको खाली खोल पनि मसँग छ। जसमा अधिकतम खुद्रा बिक्रि मूल्य भारतीय पाँच रुपैया छ। अर्थात् नेपाली ८ सय रुपैयाँ पर्न आउँछ। २० प्रतिशत अधिकतम पाउनेमा यहाँ ७५ प्रतिशत बढी लिइएको उनको भनाई थियो ।  केन्द्रले संस्थाको नीतिगत ठगी गरेको भन्दै उनले बिरामीसँग ठगी गर्नेलाई तत्काल कारबाही गनुपर्ने माग राखेको छ ।