आजको शेयर बजार : नेप्से ३२.३० अंकले बढ्यो, कारोवार रकम कति ?

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार बढेको छ । बिहीबार नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२३ अंकले बढेर ३५८.१८ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६६ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४७ करोड ४७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसंचार कम्पनीको अग्रिम स्थानमा छ । यसको आज ८ करोड ६३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै क्रमश शिभम् सिमेन्ट र एनआईसी एशिया बैंकको कारोबार भएको छ ।