'हामी एक इन्च जमिन छोड्दैनौँ र छिमेकीको एक इन्च पनि नलिने मान्यतामा रहेर भारतसँग कुरा गर्छौँ' : प्रधानमन्त्री दाहाल 

 काठमाडौँ - प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले देशको एक इन्च भूमि पनि नछोड्ने र छिमेकीको एक इन्च पनि नलिने मान्यतासँग रहेर भारत भ्रमणका बेला भारतसरकारसँग छलफल हुने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमाले सांसद रघुजी पन्तले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानन्त्री प्रचण्डले नेपालको हित र राष्ट्रिय अखण्डतामा कुनै किसिमको सम्झौता वा भ्रम पर्न नदिने प्रतिवद्वता व्यक्त गरे । नेपाल–भारत सम्बन्धका १९५० सन्धी सम्झौता लगायत रिपोर्टहरूका आधारमा भारत सरकारसँग कुरा गर्ने प्रचण्डले बताए ।