मुद्रा बिनिमय : अमेरिकी डलरको भाउ बढ्दा युरोमा भने झिनो सुधार

काठमाडौँ - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। लगातार दुई दिन स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार १९ पैसाले बढेको छ। मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।

यसअघि सोमबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ २७ पैसा कायमम गरिएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ४० पैसा कायम गरिएको थियो।

मंगलबार बेलायती पाउण्ड स्टर्लिङको कारोबार स्थिर रहेको छ । आज यसको खरिददर १६२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ११ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ १४ पैसाले बढेको हो । सोमबार यसको खरिदमूल्य १६२ रुपैयाँ २२ पैसा र बिक्री मूल्य १६२ रुपैयाँ ९७ पैसामा कारोबार भएको थियो।