शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

काठमाण्डौँ - यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १७ करोड ८२ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै सूर्यज्योति लाइफ इन्स्यारेन्सको १० करोड ५१ लाख,पोखरा फाइनान्स ७ करोड ३७ लाख,शिवम् सिमेन्टको ५ करोड ४५ लाख र हिमालयन रि इन्स्योरेन्सको ५ करोड ३० लाख बढीको सेयर कारोबार भएको छ ।  

यो दिन खानीखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.६४ प्रतिशतले बढ्यो । यो दिन पोखरा फाइनान्सको सेयरमूल्य ६.२१ प्रतिशत,मध्य भोटेकोशीको ५.७० र पिपुल्स पावरको सेयरमूल्य ५.५९ प्रतिशतले बढ्यो ।  

आज रुरु जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । आज गोर्खाज फाइनान्सको सेयरमूल्य पनि ९.३९ र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ६.१२ प्रतिशतले घट्यो ।