फोहोर नउठाउने बालेन शाहविरुद्ध परेको रिटको सुनवाई आज हुँदै

काठमाडौँ - काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको रिटमा आज सुनुवाइ हुनेछ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो ।