प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूचीहरु के-के छन् ?


काठमाडौँ - संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेश गर्ने  सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।