प्रधानमन्त्री प्रचण्ड मकवानपुर किन जाँदैछन् ?


मकवानपुर - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मकवानपुर जाँदै छन् । 

निर्माणधिन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको अनुगमनका लागि प्रधानमन्त्री प्रचण्ड मकवानपुर जान लागेका हुन् । 

प्रधानमन्त्री प्रचण्ड बिहान १० जिल्लाको भीमफेदी गाउँपालिका-८ महादेवटार पुग्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।