राष्ट्रियसभाका  दुई विषयगत समिति सभापतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गत दुई विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले सोमबार बिहान शपथ लिएका हुन् ।

उनीहरुलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ खुवाएका हुन्  ।

दुई समितिको सभापतिमा एकमात्रै उमेदवारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए । त्यसअघि सोमबार नै बसेको दुई वटा समिति बैठकले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।