दीपक मनाङे गण्डकी प्रदेशको भौतिक पूर्वाधारमन्त्री नियुक्त , आजै शपथ

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका छन् ।

मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीको आजै साढे तीन बजेका लागि शपथको समय तोकिएको बताइएको छ ।

मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएका मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

आइतबार मात्रै उनले आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेशसभा संसद् सचिवालयमा निवेदन दिएका थिए।