प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको केहि दिनपछि सरकारलाई पूर्णता दिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा ११ ठूला परियोजनाका लगानीकर्तासँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको बढिमा चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । आफुले ६ गते संसदमा विश्वासको मत लिने उनले बताए ।