मधेस प्रदेशका मुख्यमन्त्री यादवले तेश्रो पटक  पाए विश्वासको मत

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा विश्वासको मत पाएका छन् । आइतबार बसेको मधेस प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले तेश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेशसभा बैठकमा उपस्थित १ सय ४ जनामध्ये मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका थिए भने विश्वासको मतको विपक्षमा ३५ मत परेको थियो ।

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावमा बहुमत सदस्यले मत दिएकाले विश्वासको मत प्राप्त भएको मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।

गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिएका हुन् । जनता समाजवादी पार्टीका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।