प्रधानमन्त्रीलाई सांसद विष्टको प्रश्न : एउटै परिवारले सबै आर्थिक क्रियाकलापमा हालीमुहाली गर्दा समाजको विकास होला ?  

काठमाडौँ । नेकपा एमालेका नेता एवम् सांसद गोकर्ण विष्टले सबै आर्थिक क्रियाकलाप तथा व्यापारमा एउटै व्यावसायिक घरानाको हात हुँदा आउन सक्ने सम्भावित आर्थिक सङ्कटका बारेमा प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभा संसदमा जारी प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा सांसद विष्टले भने, ‘एउटै पारिवारिक संस्थाको रूपमा बैंक, बीमा, आयात निर्यात र व्यापार एउटै समूहले गर्दा देशको अर्थतन्त्रमा गम्भीर संकट आउने देखिन्छ ।

यस्तो सम्भावित जोखिमबाट जोगाउन सरकारले कस्तो कदम चाल्दैछ ? एउटै परिवारले सबै आर्थिक क्रियाकलापमा हालीमुहाली गर्दा के समतामूलक समाजको विकास होला ?’ सांसद विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई थप प्रश्न गरेका छन् ।