प्रधानमन्त्रीलाई सांसदको प्रश्न : टिकटक बन्द गरेर कति अपराध नियन्त्रण भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशमा टिकटक बन्द गराएर कति अपराध नियन्त्रण भए भन्दै प्रश्न गरेका छन् ।

आज आइतबार प्रतिनिधिसभामा प्रधनमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले टिकटक बन्द गराएपश्चात कति व्यवसायी पलायन भए कति मानिस बेरोजगार भए त्यसको प्रतिवेदन पनि सरकारले सार्वजनिक गर्छ कि गर्दैन् भनेर प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटकबारे सरकारले अचानक र एकाएक निर्णय नगरेको बताए । “गठबन्धन दलमा पटक–पटक गरिएका छलफल, प्रमुख प्रतिपक्षी दलका बीचमा भएको छलफलमा समझदारी बनाएर गरिएको हो,” उनले भने ।