बालकुमारी घटनाका सम्बन्धनमा संसद्मा उठेको प्रश्नको जवाफ दिन मन्त्री ज्वालालाई सभामुखको निर्देशन

काठमाडौँ । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाका सम्बन्धनमा संसद्मा उठेको प्रश्नको जवाफ दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई निर्देशन दिएका छन् ।

आइतबार बसेको संसद् बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बैठक अवरुद्ध गर्दै मन्त्री ज्वालालाई तत्काख बर्खास्त गर्न माग गरेका थिए । एमाले र रास्वपाको मागपछि सभामुख घिमिरेले रुलिङ गर्दै ७ दिनभित्र संसद्मा उपस्थित भएर जवाफ दिन भनेका हुन् ।

“बैठकको शून्य समय, आकस्मिक समय तथा विशेष समयमा माननीयज्यूहरूले उठाउनुभएका विषयका सम्बन्धमा सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा जवाफ दिनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावली ०७९ को नियम १५ मा रहेकोतर्फ सरकारको ध्यायनआकर्षण गर्न चाहन्छु,” उनले भने ।

बालकुमारी घटनामा मन्त्री दोषी रहेको भन्दै सांसदहरूले राजीनामा दिन माग गरेका थिए ।