युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्छौँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

गहमन्त्री श्रेष्ठले विदेश गएका युवालाई स्वदेश फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने बताए । उनले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजान सके मात्र युवालाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए ।

उनले भने, ‘अब सरकारलाई बकबक गरेर बस्ने समय छैन् , सबै मिलेर सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नैपर्छ ।’