मधेस प्रदेशको मुख्य चुनौति भ्रष्टाचार हो : अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले  मधेस प्रदेशको मुख्य चुनौति भ्रष्टाचार रहेको बताए ।

बुधवार साँझ मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणा भएको स्मरणमा आयोजित स्वाभिमानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले  प्रदेशको समुन्नत विकासका लागि सुुशासन अपरिहार्य रहेको भन्दै भ्रष्टाचारविरुद्ध निर्मम भएर काम गर्न आग्रह गरे ।

उनले प्रदेशको नामाकरण संघीयता विपरित भएको  भन्दै पहिचानमा आधातिर प्रदेश मधेस प्रदेश मात्रै रहेको दाबी समेत गरे ।