काठमाडौँको कालीमाटीमा १८ लाख बराबरको धनमाल चोरी

काठमाडौँ । काठमाडौँको कालिमाटीमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट १८ लाख बराबरको धनमाल चोरी भएको छ ।

धादिङ धुनवेसी गाउँपालिका ८ घर भएका २८ वर्षिय राजन कार्कीको कोठाबाट ताला फोडेर नगद ८ लाख ५० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना गरी करिब १८ लाख १० हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।