निजी क्षेत्रलाई निराश बनाउँदैनौँ  : उर्जामन्त्री बस्नेत

काठमाडौँ । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई निराश नबनाउने बताएका छन् । बिहीबार इप्पान डे–२०८० का अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘वितरणका पूर्वाधार पुराना भएका छन्, अपडेट गर्न आवश्यक छ । लगानीमैत्री वातावरण बनाउँदै अगाडि बढ्नेछौँ । निजी क्षेत्रलाई निराश बनाउँदैनौँ ।’

विद्युत् निर्यात गर्न उत्पादन बढाउनुपर्ने भन्दै मन्त्री बस्नेतले नीति–नियमले समस्या पारेको भए त्यसलाई संशोधन गरेर अगाडि बढ्न सकिने बताए ।