रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने  कैलालीका एक युवा पक्राउ

काठमाडौँ । रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कैलालीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको किर्तिपुर बस्दै आएका लम्किचुहा- ६ का २८ वर्षिय सरोज थापा रहेका छन् ।

 उनले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसियामा प्रतिष्ठित काम लगाइदिन्छु भनि सात लाख ३० हजार रुपैयाँ ठगी उजुरी परेको प्रहरीको अपराध महाशाखाले जनाएको छ ।

बुधबार पक्राउ गरिएका थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।