धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

धादिङ - धादिङको खनियाबास गाउँपालिका–५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा ५ ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका–५ मा दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको थियो ।