सेयर बजार २ हजार अंकमा अघि बढ्यो, ५ अर्बको कारोबार

काठमाडौँ - लामो समयदेखि १८००/१९०० को अंकमा अड्केर बसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २ हजार अंकमाथि पुगेको छ । कारोबार सुरु भएदेखि नै निरन्तर उत्साहजनक वृद्धि लिएको परिसूचक २७ अंकले बढ्दै २ हजार २२ अंकमा पुगेर रोकिएको हो ।

नेप्से परिसूचक ३२ सयको अंकमा पुगेर फर्किएपछि लामो समयसम्म १८०० र १९०० आसपास घुमेर बसेको थियो । बीचमा एकाध पटक २२ सय अंक छोए पनि लामो समय टिक्न सकेको थिएन । तर, लामो समयपछि उत्साहजनक वृद्धि लिँदै २ हजार अंकको लाइन पार गरेको हो । आज परिसूचक संगै कारोबार रकम समेत उत्साहजनकरुपले बढेको छ ।

परिसूचकमा सुस्तता आउँदा कारोबार रकम समेत १ अर्बभन्दा तल कायम रहँदै आएको थियो । आज भने ५ अर्ब १५ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।