‘पागलपन’ र ‘माया’ लिएर आए सत्यराज–स्वरुपराज आचार्य (भिडियो)

काठमाडौं– लोकप्रिय गायकद्वय सत्यराज आचार्य तथा स्वरुपराज आचार्यले शनिवार काठमाडौंमा आयोजित एक समारोहमा आफ्ना एक–एक वटा नयाँ यूगल गीत सार्वजनिक गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा गायक सत्यराज आचार्यले ‘पागलपन’ बोलको गीत सार्वजनिक गरे, जसमा चलिरहेको शैलीभन्दा पनि संगीतको माधुर्यतालाई बुझेर गीत तयार गरिएको बताए । उनले स्वर दिएको यो गीतमा गायिका अञ्जु पन्तले उनलाई गायनमा साथ दिएकी छिन् ।

‘माया’ बोलको गीतमा भने स्वरूपराज आचार्य तथा अनु चौधरीले स्वर सुन्न सकिन्छ । गायक आचार्यले सिधै रेकर्डिङ स्टुडियो छिरेर गीतमा स्वर दिने परम्परा बढेकोले पुराना गीत झैँ मिठास हराएको बताए ।

सार्वजनिक दुई गीतमा पदम लोहारले शब्द रचना गरेका छन् भने यी गीतका म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् । ‘माया’ बोलको गीतमा अभिनेत्री पूजा शर्मा तथा ‘पागलपन’ गीतमा अभिनेत्री शिल्पा मास्केले पनि अभिनय गरेका छन् ।

यी दुबै गीतलाई फिल्मको गीतको शैलीमा तयार पारिएकाले भिडियोले दर्शकलाई निराश नबनाउने निर्देशक कविराज गहतराजले बताए ।