६ वर्षीय बलकको कुटपिट गरि हत्या, एक जना पक्राउ

काठमाडौँ । ६ वर्षिय बालकलाई कुटपिट गरि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बहाराक्षेत्र नगरपालिका ३ विस्थापित टोल बस्ने बिक्रम विकका छोरा ६ वर्षिय अबि बिकलाई कुटपिट गरि हत्या  गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षिय विर बहादुर बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

विर बहादुरले मादक पदार्थ सेवन गरी अविलाई कुटपिट गरेका थिए । कुटपिट बाट घाइते भएका अबिको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारका क्रममा मृत्यु भएको अस्थायी प्रहरी चौकी नडाहा प्रहरीले जनाएको छ । 

आरोपी विर बहादुरलाई प्रहरीले पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।