कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज सोमबार दिउँसो बस्ने भएको छ । भोलि बस्ने केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि पदाधिकारी बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई केन्द्रीय समिति बैठकमा छलफल गर्ने एजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।