इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाण्डौँ - चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान पृथ्वी राजमार्गमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका ३ मा पहिरो खसेको हो । 

मुग्लिनमलेखु खण्डमा पर्ने  फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अहिले पहिरो खसेको क्षेत्रमा सडक निर्माणको काम चलिरहेको थियो । पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको छ ।