चट्याङ लागेर पाल्पामा ५६ वर्षीय पुरुषको मृत्यु  

काठमाडौँ । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमलप्रसाद पन्तको गएराति परेको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार गएराति करिब ८ बजे घरमै बसिरहेको बेला चट्याङले उनलाई लागेको थियो ।

‘चट्याङले लागेर गम्भीर घाइते पन्तलाई उपचारको लागि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो,’ उनले भने ।