६ किलो सुन र ४८ लाख नगदसहित काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौँ - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौबाट ६ किलो सुन र ४८ लाख नगदसहितसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँबारे अनुसन्धान भइरहेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ छन् ।

काठमाडौँ महानगरपालिका–६ तिनचुलीस्थित गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको छ । क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गुरुङको घरमा खानतलासी गर्दा सुन र नगद भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताएका छन् । त्यस्तै सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भइरहेको सीआईबी स्रोतले जानकारी दियो । दास्रो चरणको अनुसन्धान लगभग अब पूरा भएको सीआईबीले जनाएको छ । कपनबाट अहिले बरामद भएको सुन १ किलो लेखिएको ६ थान रहेको छ । उक्त सुन ६० किलो र विद्युतीय चुरोट ९भेप० मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ । सीआईबीले अहिले भेपमार्फत तस्करी भएको ९ किलो सुन र राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ ।