'कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन लाग्दैन' : अध्यक्ष ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठेरो अवस्थामा पुग्दा पनि लामो इतिहास बोकेको कांग्रेसको भूमिका नदेखिएको भन्दै कांग्रेस पार्टीलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने अवस्थामा पुगेको बताएका छन् ।

सत्ता स्वार्थका लागि कसैसँग एकता र सहकार्य हुन नसक्ने स्पष्ट पारेका छन् । बुधबार मदननगर बल्खुमा आयोजना गरिएको मदन–आश्रित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलको गठबन्धन सरकार प्राप्त गर्नका लागि बनेको भन्दै एमालेले सत्ता स्वार्थका लागि कसैसँग गठबन्धन र एकता नगर्ने स्पष्ट पारेका हुन् ।