नक्कली शरणार्थी प्रकरणका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीसहित १४ जनालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

पक्राउ परेका १४ जनामाथि अनुसन्धान गर्न अदालतले थप तीन दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

जिल्ला सरकारी वकिल कार्यालयकाका अनुसार अहिलेसम्म १३ जनासँग बयान लिने काम सकिएको छ । अब पूर्वसभासद आङटावा शेर्पासँग मात्रै बयान लिन बाँकी रहेको छ।